शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

इरान–अमेरिका–इजरायल युद्ध

सर्वाेच्च नेता खामेनिसहित यी हुन् तेहरान आक्रमणमा मारिएका इरानका शिर्ष सैन्य कमाण्डर 

सर्वाेच्च नेता खामेनिसहित यी हुन् तेहरान आक्रमणमा मारिएका इरानका शिर्ष सैन्य कमाण्डर 

रक्षा परिषद्को बैठकलाई लक्षित गरी गरिएको अमेरिकी–इजरायली आक्रमणमा उनीहरू मारिएको

आइतबार, फागुन १७ २०८२
आइतबार, फागुन १७ २०८२
  • काठमाडौं । अमेरिका र इजरायल इरानमा गरेको आक्रमणमा इरानका सर्वाेच्च नेता आयातोल्लाह सैयद अली खामेनीसहित इरानका उच्च तहका सैन्य कमाण्डरहरू मारिएको पुष्टि भएको छ।

    गत जुनमा १२ दिने द्वन्द्वमा आफ्ना पूर्ववर्ती मारिएदेखि सशस्त्र सेनाको नेतृत्व गरिरहेका लेफ्टिनेन्ट जनरल अब्दुलरहिम मौसावीसहित उच्च सैन्य कमाण्डरहरु मारिएको इरानको अर्ध–सरकारी समाचार एजेन्सी तस्निम पुष्टि गरेको छ।

    अमेरिका र इजरायल गरेको आक्रमा परी मारिनेहरुमा इरानी सशस्त्र बलका चिफ अफ स्टाफ मेजर जनरल अब्दुलरहिम मौसावी, इरान रिभोलुसनरी गार्ड्स कर्प (आईआरजीसी) का कमाण्डर मेजर जनरल मोहम्मद पाकपुर, इरानको रक्षा परिषद्का सचिव अली शमखानी तथा रक्षा मन्त्री ब्रिगेडियर जनरल अजीज नासिरजादेहसहित रहेको समाचार एजेन्सी तस्निमले उल्लेख गरेको छ । 

    शनिबार बिहान रक्षा परिषद्को बैठकलाई लक्षित गरी गरिएको अमेरिकी–इजरायली आक्रमणमा उनीहरू मारिएको विज्ञप्तिमा उल्लेख गरिएको जनाइएको छ । 

    त्यसैगरी, इस्लामिक क्रान्तिका नेता तथा इरानका सर्वाेच्च नेता आयातोल्लाह सैयद अली खामेनी पनि उक्त आक्रमणमा मारिएको जनाइएको छ। सन् १९८९ मा इस्लामिक गणतन्त्रका दिवंगत संस्थापक इमाम खोमेनीको निधन भएपछि खामेनीले ३७ वर्षसम्म  इरान र मुस्लिम उम्माहको नेतृत्व गरेका थिए । 

    इरानको मन्त्रिपरिषद् बैठकले सर्वाेच्च नेता र उच्च सैन्य अधिकारीको मृत्युपछि ४० दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ।

    इरानी सशस्त्र सेनाले इजरायलले कब्जा गरेका क्षेत्रहरू र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरेर अमेरिकी–इजरायली आक्रमणको जवाफ दिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार