शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

तारिक रहमान बने बंगलादेशको प्रधानमन्त्री 

तारिक रहमान बने बंगलादेशको प्रधानमन्त्री 

रहमान ३५ वर्षपछि बंगलादेशमा सर्वोच्च पद सम्हाल्ने पहिलो पुरुष नेताका रूपमा स्थापित

मंगलबार, फागुन ५ २०८२
मंगलबार, फागुन ५ २०८२
  • काठमाडौं । बंगलादेशका नवनियुक्त प्रधानमन्त्री तारिक रहमानले पद तथा गोपनिताको शपथ लिएका छन् । 

    बंगलादेश नेसनल पार्टी (बीएनपी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री स्वर्गीय खालिदा जियाका छोरा रहमान बंगलादेशका ११ औँ प्रधामन्त्री भएका हुन् । ढाकास्थित संसद भवनको साउथ प्लाजामा अपरान्ह्र ४ बजे आयोजित समारोहमा राष्ट्रपति मोहम्मद शहाबुद्धिनले तारिखक रहमानलाई शपथ गराएका हुन् । 

    सो अवसरमा रहमानसँगै नयाँ मन्त्रीपरिषद्का सदस्यले पनि शपथ लिएका छन् । यो सँगै रहमान ३५ वर्षपछि बंगलादेशमा सर्वोच्च पद सम्हाल्ने पहिलो पुरुष नेताका रूपमा स्थापित भएका छन् ।

    हालै सम्पन्न निर्वाचनमा रहमान नेतृत्वको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले २९७ मध्ये २०९ सिट जितेको थियो भने दक्षिणपन्थी जमात–ए–इस्लामीले ६८ सिट हात पारेको छ । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवामी लिगलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार