शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

इजरायल–इरान युद्ध

सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्ने भन्दै डोनाल्ड ट्रम्पले दिए डरलाग्दो चेतावनी

सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्ने भन्दै डोनाल्ड ट्रम्पले दिए डरलाग्दो चेतावनी

अमेरिकाको वाशिंगटन डीसीस्थित थिंक ट्यांक सेन्टर फर इन्टरनेशनल पोलिसिका कार्यकारी उपाध्यक्ष म्याथ्थु डसले तेहराका सम्पूर्ण जनताले सहर खाली गर्नु पर्छ भन्ने ट्रम्पको चेतावनी डरलाग्दो भएको उल्लेख गरेका छन् । 

मंगलबार, असार ३ २०८२
मंगलबार, असार ३ २०८२
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैलाई इरानको राजधानी तेहरान खाली गर्न चेतवानी दिएका छन् । 

    इरान र इजरायलबीच जारी युद्धकाबीच सामाजिक सञ्जाल  ‘ट्रुथ सोसल’ मा एक स्टाटस जारी गर्दै राष्ट्रपति ट्रम्पले सबैलाई तुरुन्त तेहरान खाली गर्न चेतावनी दिएका हुन् । 

    ट्रम्पले लेखेका छन्, “मैले हस्ताक्षर गर्न भनेको ‘सम्झौता’ मा इरानले हस्ताक्षर गर्नुपर्थ्यो। कस्तो लाजमर्दो कुरा, र मानव जीवनको बर्बादी। सरल भाषामा भन्नुपर्दा, इरानसँग आणविक हतियार हुन सक्दैन। मैले यो बारम्बार भनें ! सबैले तुरुन्तै तेहरान छोड्नुपर्छ !”

    ट्रम्पले तेहरान खाली गर्नुपर्छ भनेर गरिएको पोष्टले इरानले चाँडै वार्तामा बस्नुपर्छ भनेर दबाब दिन खोजेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । क्यानडाको अल्बर्टामा जारी जी– ७ को शिखल सम्मेलनमा सहभागी हुन ट्रम्प क्यानडा पुगेका छन् । जी–७ को शिखर सम्मेलनमा भए पनि ट्रम्पले सोमबारदेखि नै इजरायल–इरानबीच भैरहेको युद्धको बारेमा निरन्तर अपडेट लिइरहेको जनाइएको छ । 

    ह्वाइट हाउसका प्रेस सचिव कारोलिन लेभिटका अनुसार ट्रम्पले जी– ७ को शिखल सम्मेलनमा भाग लिएर तस्बीर लिनेछन् र क्यानडाको अल्बर्टामा शिखर सम्मेलनमा नेताहरूसँग खाना खानेछन्, निर्धारित समयभन्दा एक दिन अगाडि नै अमेरिका फर्केछन् । 

    ट्रम्पले दिएको तेहरान खाली गर्ने चेतावनी पछि एकतार्फ दुई देशबीच जारी युद्धमा अमेरिका पनि सहभागी हुन थालेको हो की भन्ने आशंका बढाएको छ भने अर्काे तर्फ इरानलाई वार्तामा आउन दबाब स्वरुप उनले यस्तो पोष्ट गरेका हुन भन्ने पूर्वानुमान गर्न थालिएको छ । 

    अमेरिकाको वाशिंगटन डीसीस्थित थिंक ट्यांक सेन्टर फर इन्टरनेशनल पोलिसिका कार्यकारी उपाध्यक्ष म्याथ्थु डसले तेहराका सम्पूर्ण जनताले सहर खाली गर्नु पर्छ भन्ने ट्रम्पको चेतावनी डरलाग्दो भएको उल्लेख गरेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार