काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको थियो । अदालतको यो आदेश सँगै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनको बुढानिलकण्ठस्थित निवासमा पुगेर पक्राउ गरेको हो ।
अदालतको आदेशपछि लामिछानेले आफु आजै गिरफ्तारी दिन तयार रहेको जानकारी समेत दिएका थिए । उच्च न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।
