आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

सहकारी ठगी प्रकरण

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश 

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश 

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको

शुक्रबार, चैत २१ २०८१
शुक्रबार, चैत २१ २०८१
  • काठमाडौं । उच्च अदालत तुलसीपुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ । 

    जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो ।उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी यमप्रसाद बास्कोटाले छविलाल जोशीको हकमा भने जिल्लाको आदेश सदर गरेको बताए ।

    न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो ।

    बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार