आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

ह्यास्ट्याग अरेस्ट ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ‘ह्यास्ट्याग अरेस्ट ज्ञानेन्द्र’ अभियान

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ‘ह्यास्ट्याग अरेस्ट ज्ञानेन्द्र’ अभियान

प्रदर्शनका नाममा राजावादीहरूले हिंसा मच्चाएपछि यसका मुख्य डिजाइनर पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको दाबी

शनिबार, चैत १५ २०८१
शनिबार, चैत १५ २०८१
  • काठमाडौँ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ‘ह्यास्ट्याग अरेस्ट ज्ञानेन्द्र’ अभियान सञ्चालन गरेका छन्।

    शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन हिंसामा परिणत भएसँगै दुईजनाको मृत्यु भएको र व्यक्तिका निजी सम्पत्ति, मिडिया हाउस तथा कार्यालय तथा पार्टी कार्यालयमा तोडफोड आगजनी, तोडफोड गर्नुको साथै लुटपाट समेत गरिएपछि पूर्व राजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्नुपर्ने माग उठेको हो।

    शनिबारदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा पूर्वराजा शाहको तस्बीरसहित पोस्ट राख्दै उनलाई पक्राउ गर्न माग गरेका छन्।

    प्रदर्शनका नाममा राजावादीहरूले हिंसा मच्चाएपछि यसका मुख्य डिजाइनर पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको दाबीसहित सर्वसाधारणहरूले उनलाई पक्राउ गर्न ‘ह्यास्ट्याग अरेस्ट ज्ञानेन्द्र’ भन्दै सामाजिक सञ्जालमा अभियान चलाएर सरकारलाई दबाब दिएका हुन् ।

    राजावादीको प्रदर्शन हिंसामा परिणत भएसँगै प्रदर्शनकारीहरूले घरमा आगो लगाएपछि उक्त घरभित्रबाट रिपोर्टिङ गरिरहेका एबी न्यूजका पत्रकार सुरेश रजक जलेर मृत्यु भएको थियो भने आन्दोलनमा सहभागी भएका कीर्तिपुरका युवा सविन महर्जनको मृत्यु भएको थियो।

    आन्दोलनका क्रममा आन्दोलनकारीहरूलाई उक्साएको आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित एक सय भन्दा बढी राजावादीहरुलाई पक्राउ गरिसकेको छ । 

    आन्दोलनका कमाण्डर भनिएका मेडिकल व्यवसायी दुर्गा पर्साई अझै फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। राजावादी आन्दोलन हिंसा हुनुका  मुख्य योजनाकार पूर्व राजा ज्ञानेन्द्र शाह नै भएकाले उनलाई पक्राउ गर्नुपर्ने भन्दै विपक्षी दलहरुले समेत सरकारलाई दबाब दिइरहेका छन् । 

    यता काठमाडौँ महानगरपालिकाले भने राजावादीको आन्दोलनका क्रममा सडक पेटी तथा विभिन्न क्षेत्रमा फोहोर गरेको, दमकल फुटाएको लगायतका विभिन्न शीर्षकमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना लगाउने निर्णय गर्नुको साथै समेत पत्र काटेको छ।

    487559665_1079650237508872_3202099137297404466_n.jpg

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार