शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

हमास–इजरायल युद्ध

हमासले छोड्यो ३ इजरायली बन्दी 

हमासले छोड्यो ३ इजरायली बन्दी 

हमासले बन्धक छाडेपछि इजरायलले १८३ प्यालेस्टीनी बन्दी रिहा गरेको

शनिबार, माघ २६ २०८१
शनिबार, माघ २६ २०८१
  • काठमाडौं । युद्धविराम सम्झौता अनुसार हमासले शनिबार तीन जना इजरायली बन्धकहरुलाई रिहा गरेको छ । 

    समाचार संस्था सीएनएनका अनुसार हमासले रिहाइ गरेका बन्दीहरु ओहाद बेन अमी, एली शाराबी र ओर लेवी हुन् । उनीहरुलाई २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बन्धक बनाएको थियो । 

    हमासले तीनै जना बन्दीलाई रेडक्रसको जिम्मा लगाएको हो । रेडक्रसले उनीहरुलाई गाजाबाट इजरायल लिनेछ । रिहा गरिएका तीनै जनाको तस्बीर सार्वजनिक गरिएको छ, तस्बीरमा उनीहरुको स्वास्थ अवस्था निकै कमजोर, दुब्ला र पातला देख्न देखिएका छन । रिहा भएका तीनै जना बन्धकहरुको अवस्था नाजुक रहेको भन्दै इजरायल र त्यहाँका अधिकारीहरुले आपत्ति जनाएका छन् । 

    हमासले बन्धक छाडेपछि इजरायलले १८३ प्यालेस्टीनी बन्दी रिहा गरेको छ । १९ जनवरीमा कतारमा भएको युद्ध विराम सम्झौता अनुसार यो पाँचौ पटकको बन्दी एक अर्काका बन्दी रिहा गरेको अवस्था हो । सम्झौता लागू भएयता हमासले हालसम्म २१ जना बन्धकहरुलाई रिहा गरेको छ । 

    ४२ दिनको पहिलो चरणको युद्ध विरामको सम्झौतामा ३३ जना बन्धक रिहा हुने र हरेक इजरायली महिला सैनिकको सट्टा ५० प्यालेस्टीनी कैदीहरुलाई सम्झौता भएको थियो । त्यसपछि पुनः दोस्रो चरणको युद्धविरामको प्रक्रिया सुरु हुने र बाँकी बन्धक त्यसपछि छुट्ने सम्झौता भएको थियो । तर, दोस्रो चरणको वार्ताको लागि पहल भएको छैन् । हमासको नियन्त्रणमा नेपालका विपीन जोशी पनि रहेका छन् । 

    ७ अक्टोबर २०२३ मा हमासका हजारौं लडाकुहरूले इजरायलमा आक्रमण गर्दा १२०० जना मारिएका थिए । सो आक्रमणमा २५० भन्दा बढी व्यक्तिहरूलाई बन्धक बनाइएको थियो। त्यसको केही घन्टाभित्रै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासविरुद्ध युद्धको घोषणा गरेका थिए।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार