आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

काठमाडौं महानगर

काठमाडौं महानगरले ग¥यो प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कारबाही सिफारिस 

काठमाडौं महानगरले ग¥यो प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कारबाही सिफारिस 

काठमाडौं टावरको १२ तलाको नक्सा पास प्रक्रिया अगाडी बढाउनु पर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तलाको नक्सा स्वीकृति दिएको पाइएपछि कारबाहीको सिफारिस गरेको

शुक्रबार, पुस ५ २०८१
शुक्रबार, पुस ५ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाहीका लागि सिफारिस गरेको छ । 

    शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कारबाही गर्न सिफारिस गरेको जानकारी दिए ।

    काठमाडौं टावरको १२ तलाको नक्सा पास प्रक्रिया अगाडी बढाउनु पर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तलाको नक्सा स्वीकृति दिएको पाइएपछि कारबाहीको सिफारिस गरेको जनाएको छ । 

    महानगरको मापदण्ड विपरित नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले अधिकारीक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएकोले आवश्यक छानबिन गरी कारबाहीका लागि सिफारिस गरिएको पत्रकार सम्मेलनमा महानगरका प्रवक्ता निवन मानान्धरले जानकारी दिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार