आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

सहकारी ठगी प्रकरण

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रहरीको माग अनुसार नै अदालतले उनलाई ६ दिन हिरासतमा राख्न अनुमती दिएको

आइतबार, कात्तिक ४ २०८१
आइतबार, कात्तिक ४ २०८१
  • काठमाडौं । सहकारी ठगी तथा सांगठनिक अपराधमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमती दिएको छ ।

    प्रहरीले उनलाई ६ दिन हिरासतमा राख्न अदालतसँग अनुमती माग गरेको थियो । प्रहरीको माग अनुसार नै अदालतले उनलाई ६ दिन हिरासतमा राख्न अनुमती दिएको हो ।

    लामिछानेमाथी अनुसन्धान गर्न म्याद थपका लागि प्रहरीले उनलाई आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरेको थियो ।

    जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गरेका थिए ।

    लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए । सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    पक्राउ पुर्जी जारी भएपछि प्रहरीले लामिछानेलाई शुक्रबार पक्राउ गरि कास्की पुर्याएको थियो । शनिबार बिदा भएपछि प्रहरीले उनलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेश गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार