आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

सहकारी ठगी प्रकरण

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति माग

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति माग

आइतबार, कात्तिक ४ २०८१
आइतबार, कात्तिक ४ २०८१
  • काठमाडौं । सहकारी ठगी तथा सांगठनिक अपराधमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले ६ दिन हिरासतमा राख्न अदालतसँग अनुमती माग गरेको छ ।

    लामिछानेमाथी अनुसन्धान गर्न म्याद थपका लागि प्रहरीले उनलाई आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरेको छ ।

    जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका हुन् ।

    लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए । म्याद थपसम्बन्धी बहस सकिएको र केहीबेरमा निर्णय हुने अदालत स्रोतले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार