शनिबार, साउन ३० गते २०८३    

शनिबार, साउन ३० गते २०८३    

सहकारी ठगी प्रकरण

सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हुन : रवि लामिछाने 

सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हुन : रवि लामिछाने 

आफूलाई न्यायालयप्रति विश्वास रहेको लामिछानेको भनाई

आइतबार, कात्तिक ४ २०८१
आइतबार, कात्तिक ४ २०८१
  • पोखरा । सहकारी गठी आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेले सरकारले आफूलाई झुट्टा मुद्दा लगाएर फसाउन खोजेको बताएका छन् ।  

    आइतबार म्याद थपका लागि प्रहरीले लामिछानेलाई जिल्ला अदालत कास्की लगेको छ । त्यहाँ सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै लामिछानेले यस्तो बताएका हुन् । उनले सरकारले झुटा मुद्धा लाएपनि आफूलाई न्यायालयप्रति विश्वास रहेको बताए । 

    उनले भने, “अदालतले मलाई न्याय दिन्छ । मलाई न्यायलयप्रति पूर्ण विश्वास छ ।” उनले केपी ओली नेतृत्वको सरकार रहेसम्म झुट्टा मुद्दा लगाउने र मान्छेलाई फसाउने काम गरिरहने बताए । 

    उनले भने, “ओली नेतृत्वको सरकार रहेसम्म जनताले दुःख पाइरहन्छन् । मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबै भन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो ।”

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार