आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

सहकारी ठगी प्रकरण

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो 

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो 

अदालत बाहिर लामिछानेका समर्थक र सहकारी पीडित दुवै पक्ष जम्मा भएका

आइतबार, कात्तिक ४ २०८१
आइतबार, कात्तिक ४ २०८१
  • पोखरा । सहकारी ठगी तथा संगठीत अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतत्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । 

    शुक्रबार पक्राउ परेका लामिछानेलाई प्रहरीले आज म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो । लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएको थियो । 

    शनिबार बिदा भएपछि लामिछानेलाई आज अदालतमा उपस्थित गराइएको हो । अदालत बाहिर लामिछानेका समर्थक र सहकारी पीडित दुवै पक्ष जम्मा भएका छन् ।

     रवि लामिछाने समर्थकले सहिद चोक र सहकारी पीडित पक्षधरले राष्ट्र बैंक चोकमा छुट्टाछुट्टै भेला डाके पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार