काठमाडौं । पशुपति क्षेत्रको धर्मशाला खाली गराउनको लागि अहिले काठमाडौं महानगर प्रहरीको टोली गौशाला पुगेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष आसमान संगत र काठमाडौं महागनर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली गौशालास्थित धर्मशाला पुगेको हो । महानगर प्रहरीले आज बिहान १० बजेसम्म धर्मशाला खाली गर्न मंगलबार नै माइकिङ गरिएको जनाएको छ ।
केही बेर अघि महानगरको टोली गौशालास्थित धर्मशालामा पुगेपछि मारवाडी सेवा समितिका सदस्यहरुले विरोध गरेका छन् ।
