काठमाडौं । सहकारीको रकम अपचलनमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीमाथि थप अनुसन्धान गर्नको लागि ५ दिनको म्याद थप गरिएको छ ।
जिल्ला अदालत कास्कीले जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्त अधिकारीका अनुसार जिल्ला अदालतले जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पक्राउ गरी जहाजमार्फत पोखरा पठाएको थियो । सहकारी रकम अपचलनमा अनुसन्धान गर्नको लागि सांसद सूर्य थापाको नेतृत्वमा सहकारी सम्बधी विशेष संसदीय समितिले गरेको कारबाहीको सिफारिसको आधारमा जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।
छानबिन समितिले गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक सदस्यहरु छविला जोशी र कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको थियो ।
