आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

सहकारी ठगी प्रकरण

सूर्य थापाको प्रश्न : रवि लामिछानेले आफैलाई निर्दोष सावित गर्ने उहाँ कुन कंगारुकोटको न्यायाधीश हो ?

सूर्य थापाको प्रश्न : रवि लामिछानेले आफैलाई निर्दोष सावित गर्ने उहाँ कुन कंगारुकोटको न्यायाधीश हो ?

लामिछानेले मिडियामा आएर आफूले आफैलाई क्लिन चिट पाए भन्नु सार्वभौम संसद र जनताको अपहेलना भएको थापाको भनाई

बिहीबार , असोज ३ २०८१
बिहीबार , असोज ३ २०८१
  • काठमाडौं । सहकारी ठगी प्रकरणबारे छनबिन गर्न गठित सहकारी संसदीय छानबिन समितिका सभापति सूर्य थापाले छानबिन समितिले कसैलाई पनि क्लिन चिट नदिएको स्पष्ट पारेका छन् ।
     
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय छनबिन समितिले आफूलाई क्लिन चिट दिएको भन्दै दाबी गरेपछि समितिका सभापति थापाले एक टेलिभिजनमा अन्तर्वार्ताको क्रममा कसैलाई पनि क्लिन चिट नदिएको बताए ।
     
    लामिछानेले मिडियामा आएर आफूले आफैलाई क्लिन चिट पाए भन्नु सार्वभौम संसद र जनताको अपहेलना भएको बताए ।
     
    उनले भने "संसदले स्विकृत गरेर सभामुखले कार्यान्वयनका लागि रुलिङ गरिसकेको विषयमा मिडियामा आएर आफूले आफैलाई  क्लिन चिट भनेर हुन्छ । त्यो संसदको पनि अपहेलना हो, सार्वभौम जनताको अपहेलना हो ।"
     
    त्यस अघि थापाले थपे, "रवि लामिछाने आफ्ना कार्यकर्तालाई बोलाएर क्लिन चिट पाए भन्दै हिड्ने उहाँ छानबिन समितिको सभापति हो ? उहाँ छानबिन समितिको सदस्य हो ? उहाँ आफैंलाई निर्दोष साबित गर्ने कुन कंगारुकोटको न्यायाधीश हो ?"
     
    गितेन्द्रबाबु राई र रवि लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका चार जना संचालक /प्रबन्धक निर्देशकहरुलाई कारबाहीका लागि समितिले सिफारिस गरेको बताए । 
     
    रवि लामिछनेले किर्ते गरेको कुरा प्रमाणित भएको सभापति थापाले बताएका छन् । "रवि लामिछाने किर्ते गरेको कुरा त प्रमाणित छ त, इकुटी सेयरको व्यवस्था छैन उहाँले त्यो गर्नु भएको छ । उहाँले पेश्कि बुझेर हाले भन्नु भएको छ तर त्यो कुनै प्रमाण भेट्टिदैन । उहाँले ७५ लाख बुझाउनु भएको छ, १५ प्रतिशत सेयर ५ करोडको ।"
     
    जनताले बचत गरेको ६५ करोड रुपैयाँ खर्च गरेको, सहकारीबाट गोरखा मिडिया नेटवर्कको नाममा आएको रकम त्यसको प्रबन्धक निर्देशकको हैसियतमा दुरुपयोग गरेको, अधिकांश चेक एकल हस्तारमा काटेकोले समितिले सरकारलाई प्रचलित कानून बमोजिम कारबाही गर्न सिफारिस गरेको सभापति थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार