शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजीनामा 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिए राजीनामा 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिए राजीनामा 

केजरीवालले राजीनामा दिएसँगै आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्ने भएकी छन् । 

मंगलबार, असोज १ २०८१
मंगलबार, असोज १ २०८१
  • काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएका छन् । 

    केजरीवालले मंगलबार दिल्लीका एलजी विनय कुमार सक्सेनालाई राजीनामा बुझाएका हुन् । कथित मदिरा घोटाला प्रकणमा केजरीवाल १३ सेप्टेम्बरमा अदालतको आदेशपछि जमानतमा रिहा भएका थिए । 

    रिहा भएको दुई दिनपछि उनले आफूले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए । सोही बमोजिम उनले आज दल्लीका एलजी विनय कुमार सक्सेनालाई राजीनामा पत्र बुझाएका हुन् । 

    केजरीवालले राजीनामा दिएसँगै अब दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी बन्ने भएकी छन् । आम आदमी पार्टीको आज बसेको विद्यायीकीको बैठकले आतिशीलाई सर्वसम्मत रुपमा दलको नेता चुन्नुको साथै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । 

    केजरीवालले राजीनामा दिएसँगै आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्ने भएकी छन् । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार