आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

सहकारी ठगी प्रकरण

समितिमा रवि लामिछानेको बयान : गोरखा मिडिया नेटवर्कले लिएको ऋणको जिम्मा लिन्नँ

समितिमा रवि लामिछानेको बयान : गोरखा मिडिया नेटवर्कले लिएको ऋणको जिम्मा लिन्नँ

बयानको क्रममा लामिछानेले आफू कुनै पनि सहकारी सदस्य नभएको भन्दै सहकारीको ऋणको विषयमा जिम्मा लिन नसक्ने बताएको

शुक्रबार, भदौ ७ २०८१
शुक्रबार, भदौ ७ २०८१
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने बताएका छन् ।

    शुक्रबार सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिमा बयान दिँदै उनले आफूले गोरखा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको भन्दै १५ प्रतिशत ‘स्वेट सेयर’ लिएको बयानको क्रममा बताएका हुन् ।

    लामिछानेले समितिमा बयान दिँदै आफूले मिडियामा एक रुपैयाँ पनि लगानी नगरेको दाबी गरेको समितिका एक सदस्यले जानकारी दिए ।

    ‘मैले स्वेट सेयर १५ प्रतिशत लिएको थिएँ । मैले कुनै पैसा लगानी नगरेको कुरा सार्वजनिक रूपमा भनिसकेको छु‚’ लामिछानेको भनाइ उद्धृत गर्दै ती सदस्यले भने ।

    बयानको क्रममा लामिछानेले आफू कुनै पनि सहकारी सदस्य नभएको भन्दै सहकारीको ऋणको विषयमा जिम्मा लिन नसक्ने बताएको ती सदस्यले जानकारी दिए ।

    ‘म सहकारीको सदस्य हैन र कुनै पनि लोन सहकारीबाट लिएको छैन । म सहकारीबाट मिडियाले लिएको लोनको जिम्मा लिन सक्दिनँ‚’ लामिछानेको भनाई उद्धृत गर्दै ती सदस्यले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार