आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

समाचार

सम्भव सिरोहियाको दाबी : सहकारीको समाचार लुकाउन रवि लामिछानेले गरेको आग्रहलाई नमान्दा मेरो बुवालाई पक्राउ गरियो 

सम्भव सिरोहियाको दाबी : सहकारीको समाचार लुकाउन रवि लामिछानेले गरेको आग्रहलाई नमान्दा मेरो बुवालाई पक्राउ गरियो 

रवि लामिछाने स्वयंमको पनि गोरखा मिडियाको एउटा डकुमेन्टमा बुवाको नाम एउटा र अर्काे डकुमेन्टमा बुवाको नाम अर्काे वा फरक भएको दाबी

शुक्रबार, जेठ २५ २०८१
शुक्रबार, जेठ २५ २०८१
  • काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले सहकारीको समाचार लुकाउन, रोक्न वा मिलाउन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आग्रह गरेको दाबी गरेका छन् ।

    शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत एक भिडियो जारी गर्दै प्रबन्ध निर्देश सिरोहियाले रवि लामिछानेले गरेको उक्त आग्रहलाई नमानेकोले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष समेत रहेका आफ्ना बुबा कैलास सिरोहियालाई पक्राउ गरिएको बताएका छन् ।

    सम्भवले भनेका छन्, “यसपाली गृहमन्त्री रवि लामिछाने ज्यू, अहिले जो गृहमन्त्री छन् । उहाँको कोअभरेटिभ क्याम्प जनताको माझमा ल्याउने क्रममा उहाँले यो समाचार लुकाइ दिन र मिलानको लागि धेरै अुरोध गर्नुभयो ।”

    प्रबन्ध निर्देशक सम्भवले रवि लामिछानेले आफूले पहिला गरेको पत्रकारीता जस्तो लागेर समाचार लुकाउन भनेको र सेटिङमा समाचार बन्छ भन्ने लागेको हुनाले समाचार लुकाउन अुरोध गरेको हुन सक्ने आरोप लगाएका छन् । 

    “रवि लामिछानेलाई आफूले पहिला गरेको पत्रकारीता जस्तो सोच्नु भयो लाग्यो मलाई, सेटिङ गरेर समाचार बन्छ वा लुक्छ भनेर सोच्नु भो, उहाँलाई कति बुझाउने प्रयास गरियो कि म्यानेजम्यान्टले न्युज लेख्दैन र याडिटोरियल कान्तिपुरमा इन्डीपीडेन्ट छ । उहाँले यो कुरा बुझ्दै बुझ्न सक्नु भएन्,” सम्भवले जारी गरेको भिडियोमा भनेका छन् । 

    गृहमन्त्रीले गरेको अनुरोधलाई नमानेर कान्तिपुरले सेटिङ नगरेको भएर गृहमन्त्री तल्लो पदमा ओर्लिएर आफ्नो पदको दुरुपयोग गरेर, झुटो केस लगाएर कान्तिपुरका अध्यक्ष तथा आफ्नो बुबालाई पक्राउ गरिएको सम्भवको भनाई रहेको छ । 

    सम्भवले बुवा कैलाश सिरोहियाको नागरिकताको विषयमा लागिरहेको किर्तेको आरोपबारे पनि प्रष्टिकरण दिएका छन् । उनले आफ्नो बुवाको नागरिकता नम्बरसँग अर्काे व्यक्तिको नागरिकता नम्बर मिलेको र त्यसबारे नागरिकता लिने व्यक्ति भन्दा पनि नागरिकता दिने सरकारी निकाय जिम्मेवार हुनुपर्ने बताएका छन् । 

    नागरिकता किर्तेको विषयमा प्रहरीले गत जेठ ८ गते कान्तिपुर दैनिककै कायालयबाट अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको थियो । ९ दिन प्रहरी हिरासतमा बसेपछि कैलाश जेठ १६ गते हाजिरी जमानिमा रिहा भएका थिए । त्यसपछि उनका छोरा सम्भवले आज बुबा पक्राउको विषयमा बोलेका हुन् । 

    सम्भवले रवि लामिछाने स्वयंमको पनि गोरखा मिडियाको एउटा डकुमेन्टमा बुवाको नाम एउटा र अर्काे डकुमेन्टमा बुवाको नाम अर्काे वा फरक भएको दाबी गरेका छन् । लामिछानेको उक्त डकुमेन्ट आफूहरुसँग भएको तर, आफूहरुले यो टाइपिङ मिस्टेक भएको भनेर बुझेर प्रकाशित नगरेको सार्वजनिक भिडियोमा बताएका छन् । 

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार