सर्वोच्च अदालतले जन आस्थाका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतमा उपस्थिति गराउन आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शुक्रवार बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै पत्रकार श्रेष्ठ र उनको घर तथा कार्यालयबाट जफत गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले बुधबार साझ ८ बजे श्रेष्ठलाई ललितपुर स्थित घरबाट पक्राउ गरेको थियो भने उनको घर र कार्यालयबाट मोबाइल, ल्यापटप लगाएतका सञ्चार समाग्री लिएको थिए ।
श्रेठलाई समाचार लेखेकै भरमा पक्राउ गरिएपछि उनकी श्रीमतीले सर्वोच्च अदातमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन ।
