आइतबार, असोज १८ गते २०८३    

आइतबार, असोज १८ गते २०८३    

मन्त्रीपरिषद् बैठक

सय रुपैयाँको नोटमा चुच्चे नक्साको फोटो राख्ने सरकारको निर्णय 

सय रुपैयाँको नोटमा चुच्चे नक्साको फोटो राख्ने सरकारको निर्णय 

२०७७ मा लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको क्षेत्र समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेको

शुक्रबार, वैशाख २१ २०८१
शुक्रबार, वैशाख २१ २०८१
  • काठमाडौं । नेपाल सरकारले एक सय रुपैयाँको नोटमा भएको तस्बीर परिवर्तन गर्ने भएको छ । 

    आज बसेको मन्त्रीपरिषद्को बैठकले एक सय रुपैयाँमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्रबैंकलाई अनुमति दिने निर्णय गरेको हो । 

    अर्थ मन्त्रालयले एक सयको नोटमा रहेको तस्बीर परिवर्तन गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा लगेको थियो । मन्त्रीपरिषद्ले उक्त प्रस्तावलाई स्वीकृत गरेर राष्ट्रबैंकलाई तस्बीर परिवर्तन गर्न अनुमति दिने निर्णय गरेको हो । 

    २०७७ मा लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको क्षेत्र समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेको थियो । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार