शनिबार, साउन ३० गते २०८३    

शनिबार, साउन ३० गते २०८३    

जेनजी आन्दोलन

मानव अधिकार आयोग पुगेर जेनजी आन्दोलनबारे बालेनले दिए बयान

मानव अधिकार आयोग पुगेर जेनजी आन्दोलनबारे बालेनले दिए बयान

शाहले सोमबार राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा पुगेर करिब २ घण्टा बयान दिएका

सोमबार, पुस ७ २०८२
सोमबार, पुस ७ २०८२
  • काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग बयान लिएको छ।

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको विषयमा छानबिन गरिरहेको आयोगले सोमबार मेयर शाहसँग बयान लिएको हो। आयोगको स्रोतका अनुसार शाहले सोमबार राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा पुगेर करिब २ घण्टा बयान दिएका हुन् ।

    जेनजी आन्दोलनका क्रममा मेयर शाह कहाँ थिए र उनले आन्दोलनलाई समर्थन रहेको भनेर सामाजिक सञ्जालमा व्यक्त गरेको धारणादेखि उनले केही समयअघि सिंहदरबार जलाइदिने भन्दै दिएको प्रसङ्ग र आन्दोलन पश्चात सिंहदरबार लगायतका सार्वजनिक सम्पत्तिमा आगलागी हुँदा महानगरको दमकल समयमा पुग्न नसकेको लगायतका विषयमा सोधपुझ गरिएको जनाइएको छ

    सोधपुछका क्रममा मेयर शाहले दिएको बयानका विषयमा भने खुलाउन नमिल्ने आयोगका एक अधिकारीले बताए । जेनजी आन्दोलनमा भएको दमन र मानव अधिकार उल्लङ्घन लगायतका घटनाका विषयमा आयोगले छुट्टै रुपमा अनुसन्धान गरिरहेको छ । 

    यता सरकारले भने जेनजी आन्दोलनको विषयमा अनुसन्धान गर्नको लागि गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । कार्की नेतृत्वको आयोगले पनि घटनामा संलग्नहरूको बयान लिएर अनुसन्धान जारी राखेको छ। 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार