आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

उजुरी 

बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो उजुरी 

बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो उजुरी 

यस अघि एमाले निकट अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध जाहेरी दिएको

आइतबार, असोज २६ २०८२
आइतबार, असोज २६ २०८२
  • काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध उजुरी दिएको छ । 

    नेविसंघका नेताहरुले आइतबार काठमाडौं प्रहरी परिसर पुगेर बालेन र सुदनविरुद्ध जाहेरी दिएका हुन् । नेविसंघका केन्द्रीय सदस्यहरु विजय शाह, मनिषजंग थापा, अशोकसिंह विष्ट लगायतले संयुक्त रुपमा हस्ताक्षरसहित बालेन र सुदनविरुद्ध जाहेरी दिएका हुन् । 

    उनीहरुका अनुसार उजुरीमा प्रहरीलाई २४ घण्टाभित्र जाहेरी दर्ता गरेर बालेन र सुदनसहितलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा युवाहरुलाई जान उक्साएको, राष्ट्रिय सम्पदा धोस्त बनाएको, सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आजगनी र लुटपाट गर्न ठूलो भूमिका खेलेको दाबी गर्दै नेविसंघले बालेन र सुदनविरुद्ध जाहेरी दर्ता गरेको हो । 

    यस अघि एमाले निकट अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध जाहेरी दिएको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार