काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव कमलराज गैरेलाई पदबाट बर्खास्त गरिएको छ ।
मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रीपरिषद्को बैठकले सहसचिव गैरेलाई पदबाट हटाउने निर्णय गरेको जानकारी दिएको छ । २०८० बैशाख २ गतेदेखि बिदा स्वीकृत नगराई सहसचिव गैरे मन्त्रालयमा अनुपस्थित थिए ।
भविष्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी मन्त्रीपरिषद् बैठकले उनलाई बर्खास्त गरेको मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
