आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

विमान दुर्घटना

अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना, २०४ जनाको मृत्यु 

अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना, २०४ जनाको मृत्यु 

विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए।

बिहीबार , जेठ ३० २०८२
बिहीबार , जेठ ३० २०८२
  • काठमाडौँ । अहमदाबादमा एयर इण्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको छ।

    अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरे। प्रहरी आयुक्तले भने, ‘केही बाँचेका हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ जनाको शव निकालेका छौं।’ मलिकले ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी रहेको बताए।

    २४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १ः३८ बजे अहमदाबादबाट उडेको थियो।  विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको थियो। 

    यो विमान बोइङ ७८७–८ विमान थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार