आइतबार, भदौ १४ गते २०८३    

आइतबार, भदौ १४ गते २०८३    

कालोमोसो 

अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि इजलासभित्रै नेकपा (बहुमत) का कार्यकर्ताले दले कालोमोसो

अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि इजलासभित्रै नेकपा (बहुमत) का कार्यकर्ताले दले कालोमोसो

बिहिवार दिउँसो अदालतको इजलासभित्रै (कार्यकक्षमा) रहेका न्यायाधीशद्धय थारु र महर्जनमाथि नेकपा (बहुमत) का कार्यकर्ताहरुले कालोमोसो दलेका

बिहीबार , जेठ ३० २०८२
बिहीबार , जेठ ३० २०८२
  • काठमाडौं । जिउँदै इटाभट्टमा मान्छे जलाएको आरोपमा जिल्ला अदालतबाट जन्मकैदको सजाय भोगीरहेका नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई कालोमोसो दलिएको छ । 

    बिहिवार दिउँसो अदालतको इजलासभित्रै (कार्यकक्षमा) रहेका न्यायाधीशद्धय थारु र महर्जनमाथि नेकपा (बहुमत) का कार्यकर्ताहरुले कालोमोसो दलेका हुन् । न्यायाधीशद्धय थारु र हर्जनमाथि कालोमोसो दलेको आरोपमा प्रहरीले अदालत परिसरबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । 

    पक्राउ पर्नेमा अविनाश भन्ने किशोर कुँवर, गर्बुज र बिहानी रहेका छन् । उनीहरु तीनै जना नेकपा (बहुमत) का केन्द्रीय सदस्य हुन् । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । 

    न्यायाधीशद्वय थारु र महर्जनले आलमलाई सफाइ दिन गरेको फैसलाको चौतर्फी आलोचित भइरहेकै समयमा नेकपा (बहुमत) ले कालोमोसो दलेको हो । 

    इँटा भट्टामा हालेर मान्छेलाई जिउँदै जलाएको कसुरमा ६ वर्षदेखि जेलमा रहेका आलमलाई उच्च अदालत अस्थायी इजलास वीरगन्जले यही जेठ १४ गते सफाइ दिएको थियो। रौतहट जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय थारू र महर्जनको संयुक्त इजलासले जेठ १४ गते आलमलाई सफाइ दिएको हो। त्यही दिन उनी नक्खु कारागारबाट रिहा समेत भएका थिए। 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार