आइतबार, असोज १८ गते २०८३    

आइतबार, असोज १८ गते २०८३    

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा 

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा 

अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेसँगै अध्यक्ष नेपालको सांसद पद पनि निलम्बन भएको छ । 

बिहीबार , जेठ २३ २०८२
बिहीबार , जेठ २३ २०८२
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिवार विशेष अदालतमा पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो । 

    पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अख्तियारको दाबी छ । 

    आरोपपत्रमा ५ सय ९४ रोपनी ५ आना १ पैसा खरिद गरेको र जग्गाको मूल्याङ्कन रकम १८ करोड ५८ लाख ५० हजार रहेको देखिएको जनाइएको छ । त्यस्तै हदबन्दी भन्दा बढी बेचेको जग्गा ३ सय १४ रोपनी १५ आना दुई पैसा १ दाम रहेको देखिएको छ ।

    अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो दाबी गरि अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेसँगै अध्यक्ष नेपालको सांसद पद पनि निलम्बन भएको छ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार