मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

भारत–पाकिस्तान तनाव

भारत–पाकिस्तान तनावबारे बोल्यो नेपाल, दियो यस्तो धारणा

भारत–पाकिस्तान तनावबारे बोल्यो नेपाल, दियो यस्तो धारणा

आतंकवादविरुद्ध नेपाल सरकारको दृढ अडान रहेको उल्लेख

बिहीबार , वैशाख २५ २०८२
बिहीबार , वैशाख २५ २०८२
  • काठमाडौं । भारत–पाकिस्तान तनावबारे नेपालले आधिकारीक धारणा सार्वजनिक गरेको छ । 

    बिहिवार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरेर भारत–पाकिस्तान तनावबारे आधिकारीक धारणा सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आतंकवादविरुद्ध नेपाल सरकारको दृढ अडान रहेको उल्लेख गरिएको छ । 

    “नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडानस्वरुप बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरूपमा निन्दा गर्दै आएको छ। आतंकवादविरुद्धको लडाईँमा नेपाल सबैको साथमा उभिएको छ,” विज्ञप्तिमा भनिएको छ।

    गत अप्रिल २२ मा भारतको पहलगाममा एक नेपालीसहित निर्दाेष पर्यटकमाथि आतंकवादी आक्रमण भएको र त्यसले सिर्जित भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सरकार गहिरो चिन्तित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    विज्ञप्तिमा भनिएको छ, “उक्त दुःखद् समयमा पनि नेपाल भारतको साथमा उभिएको थियो । आतंकवादविरुद्ध हाम्रो बलियो साथ छ ।” सरकारले नेपाली भूमिलाई छिमेकी देशहरुविरुद्ध प्रयोग हुन नदिने पनि बताएको छ । 

    विज्ञप्तिमार्फत् नेपाल सरकारले भारत र पाकिस्तानबीचको तनाव कम हुनेमा आशा पनि गरेको छ । पहलगाममा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतंककारी आक्रमणपछि भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको छ । 

    ‘अप्रेशन सिन्दूर’ नाम दिएर भारतले गरेको हवाई आक्रमणमा परेर पाकिस्तानले ३१ जनाको मृत्यु र ४६ जना घाइते भएको बताएको छ। भारतले पनि पाकिस्तानतर्फबाट गोलीबारीमा १५ भारतीयको मृत्यु भएको बताएको छ।

    हेर्नुहोस पराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीको पूर्णपाठः

    02026de4-c896-4878-96b1-a7715f29d418_rfXYweLAJH.jpg

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार