काठमाडौं । भक्तपुरमा बीच सडकमै बस पल्टिएपछि चारजना घाइते भएका छन्। बिहीबार बिहान सूर्यविनायक नगरपालिका– ५ चुन्देवी आकाशी पुल नजिकै बा ३ ख २४४६ नम्बरको बस पल्टिएको हो।
प्रहरी परिसर भक्तपुरका अनुसार च्यामासिंहबाट काठमाडौंतर्फ आउँदै गरेको बस अनियन्त्रित भई दुर्घटनामा परेको दुर्घटनामा चारजना सामान्य घाइते भएका छन्।
घाइते हुनेहरूमा काभ्रे घर भई जगाती बस्ने ४२ वर्षीय सानुमान थिङ, सूर्यविनायक– ८ सिपाडोल बस्ने ५४ वर्षीय सुवर्ण भुजेल, सूर्यविनायक– ९ लासेकी ५४ वर्षीय कोपिला महत र भारत घर भई भक्तपुर चुनदेवी बस्ने २३ वर्षीय किरणदेवी बानिया रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ भने बस र बस चालक ४२ वर्षीय रबिन प्रजापतिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको छ ।
