बुटवल । बुधबार राती हावाहुरी सहित परेको वर्षा र चट्याङले लुम्बिनी प्रदेशमा एकजनाको मृत्यु भएको छ भने केही भवनहरूमा क्षति पुगेको छ।
चट्याङ लागेर रोल्पा नगरपालिका– १० कुटीबाङ घर भई रोल्पाकै सुनिल स्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षीय किशोरीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यलय प्रमुख डीआइजी दानबहादुर कार्कीले जानकारी दिए।
डीआइजी कार्कीका अनुसार बाँकेको वनकटा स्थित इलाका प्रहरी कार्यालयको तीन कोठे भवनको टिनको छानो र पाल्पाको बल्डेगढी स्थित वडा कार्यालयको भवनको टिनको छाना हावाहुरीले उडाइदिएको छ । ती दुवै भवनमा तत्काल बस्न सक्ने अवस्था नरहेको उनले बताए ।
रोल्पाको गंगादेवी गाउँपालिका र अर्घाखाँचीको प्रणाली नि गाउँपालिकामा पनि हावाहुरीले क्षति पुर्याएको छ। बाँकेको सुर्खेत रोडमा पनि क्षति पुर्याएको छ। त्यहाँ सडकको बीच भागमा रोपिएका छन् ।
बिहिबार बिहान ८ बजेसम्म प्राप्त जानकारी अनुसार बर्दियाको मधुवन नगरपालिका– १ स्थित शंकर रावलको फुसले छाएको एकले दुई कोठे घरमा चट्याङ लागेर जलेको डीआइजी कार्कीले बताए
यस्तै पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ६ मा सञ्चालित महोत्सवमा रहेका स्टलहरू हावाहुरीले भत्काइदिएको छ। प्रदेशका १२ वटै जिल्लामा हावाहुरी वर्षा र चट्याङले पुर्याएको क्षतिको विवरण सङ्कलन काम भइरहेको डीआइजी कार्कीले बताए।
