आइतबार, भदौ १४ गते २०८३    

आइतबार, भदौ १४ गते २०८३    

राजनीति

भ्रष्टाचारको मुख्य कारण संसदीय व्यवस्थाको हो, यसलाई ध्वस्त गर्नुपर्छ : महासचिव कञ्चन 

भ्रष्टाचारको मुख्य कारण संसदीय व्यवस्थाको हो, यसलाई ध्वस्त गर्नुपर्छ : महासचिव कञ्चन 

हिजोको राजाको सामन्ती अधिनायकवाद र अहिलेको दलाल पुँजीवादी अधिनायकवाद एउटै भएको महासचिव कञ्चनको भनाई

शनिबार, चैत २२ २०८१
शनिबार, चैत २२ २०८१
  • काठमाडौं । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले भ्रष्टाचारको मुख्य कारण संसदीय व्यवस्था भएको बताएका छन्। 

    शुक्रबार काठमाडौंमा नेकपा (बहुमत) काठमाडौं जिल्ला समितिले आयोजना गरेको ‘भ्रष्टाचार : कारण र निवारण’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव कञ्चनले भ्रष्टाचारको मुख्य कारण संसदीय व्यवस्था भएको र यसको अन्त्य गर्न संसदीय व्यवस्था नै खारेज गर्नुपर्ने दाबी गरेका हुन्।

    उनले भने, “स्थापना गर्दाखेरि पुँजीवादी व्यवस्था स्थापना गर्ने । यो व्यवस्थामा भ्रष्टाचार गर्दिन भनेर हुन्छ, त्यो त उल्टो कुरा हुन्छ । त्यो जुन व्यवस्था पुँजीवादी हो, त्यो व्यवस्थाभित्र भ्रष्टाचार नगरे त टिक्दै टिक्दैन त्यसकारण भ्रष्टाचार संस्थागत हुन्छ। जो भ्रष्टाचार हुन्छ, त्यसबाट भन्न नमिल्ने कुरा मात्रै भ्रष्टाचार संस्थागत हुन्छ । भ्रष्टाचारको अन्त्य गर्नु छ भने यस संविधान र व्यवस्था खारेज गर्नुपर्छ। नयाँ व्यवस्था ल्याउनुपर्छ, समाजवादी गणतन्त्र स्थापना गर्नुपर्छ।”

    केही उच्च ओहोदामा पुगेका विभिन्न व्यक्तिहरुको उदाहरण दिँदै महासचिव कञ्चनले यो व्यवस्थामा जुन व्यक्ति भ्रष्टाचार निवारण गर्नुपर्ने भन्ने अभियानमा लाग्छ, उ व्यक्ति नै स्वयम त्यो पद वा स्थानबाट नै फालिनुपर्ने अवस्था आउने भन्दै उनले भ्रष्टाचार अन्त्य गर्न यो संसदीय व्यवस्था नै परिवर्तन गर्नु पर्नेमा जोड दिए । 

    “जुन व्यक्ति अहिलेको समाज अनुसार जान सक्दैन, भ्रष्टाचार गर्न सक्दैन भने त्यो टिक्नै सक्दैन। यो सामाजिक नियम हो। त्यसकारण यो भ्रष्टाचारलाई अन्त्य गर्न राज्य प्रणालीमा बदलाव ल्याउन जरुरी छ। राज्य प्रणाली नबदलिकन, संविधान नबदलिकन, कानुन नबदलिकन, हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धहरू, नेपालसँग सम्बन्धित हाम्रा अनुबन्धनहरू कानुनहरू, हामीले बदल्न सक्ने कानुनहरू नबदलिकन नेपालको भ्रष्टाचार अन्त्य हुन सक्दैन,” महासचिव कञ्चनले भने ।  

    हिजोको राजाको सामन्ती अधिनायकवाद र अहिलेको दलाल पुँजीवादी अधिनायकवाद एउटै भएको महासचिव कञ्चनको भनाई रहेको छ । “हिजोको राजाको सामन्ती अधिनायकवाद र अहिलेको दलाल पुँजीवादी अधिनायकवाद एउटै एउटै हुन् । यी एउटै सिक्काका दुई टाटा हुन् यिनीहरू बीच फरक छैन,” उनले भने । 

    अन्तरक्रिया कार्यक्रममा पूर्व मन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झार्की, वरिष्ठ अधिवक्ताद्धय एकराज भण्डारी र रामनारायण बिडारी, वैज्ञानिक समाजवादी कम्युनिष्ठ पार्टीका नेता जागृत रायमाझी र ट्रान्सपरेन्सी इन्टरनेष्नलका प्रतिनिधि विनोद भट्टराईले धारणा राखेका थिए । 

    नेतृ झाक्रीले भ्रष्टाचार अत्त्यका लागि कम्युनिस्टहरुले पुरातनवादी सोच र व्यवहारमा परिवर्तन ल्याउनु पर्ने बताएकी थिइन् । साथै उनले कडा कानुन बनाएर लागू गर्नु पर्ने बताइन् । 

    वरिष्ठ अधिवक्ता भण्डारीले भ्रष्टाचारको मुल कारण वर्तमान व्यवस्थाले संरक्षण गरेको  ‘दलाल पुँजीवादी’ व्यवस्था भएकोले त्यसको अन्त्य गर्नेतिर लाग्नुपर्ने धारणा राखे भने वरिष्ठ अधिवक्ता विडारीले भ्रष्टाचार अन्त्यका निम्ति व्यापक जनदबाब दिन जरुरी रहेको बताए ।

    त्यस्तै रायमाझीले नेपालमा भ्रष्टाचार राँणा र राजाकालिन् समयबाटै सुरुवात भएको र त्यहिदेखिको जरो उखेल्नुपर्ने धारणा राखे भने ट्रान्सपरेन्सी इन्टरनेष्नलका प्रतिनिधि भट्टराईले राज्यका हरेक आय–व्यमा पारदर्शिता हुनुपर्ने बताए । 

     

     


     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार