धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्।
आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले दिएका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री भएका चौधरीले शनिबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन्।
मन्त्री चौधरीले दिगो वन व्यवस्थापन सम्बन्धी आर्थिक कार्यविधि आर्थिक लाभ लिने उद्देश्यले गर्ने भनेर गरिएको अडियो सार्वजनिक भएपछि नैतिकताका आधारमा मन्त्रीपरिषदमा नबस्ने भनेर राजीनामा दिएको बताए ।
अडियो सार्वजनिक भएको विषयमा मन्त्री चौधरीले आफूले आर्थिक लेनदेन नगरेको तर वनसम्बन्धी अनुभव नभएका कारण छलफल मात्रै गरेको दाबी गरेका छन्।
उक्त प्रकरणमा प्रदेशका मुख्यमन्त्रीको संलग्नता नभएको पनि दाबी गरिएको छ। सार्वजनिक अडियोमा दिगो वन व्यवस्थापन सम्बन्धी कार्यविधि आइतबार पारित गर्ने बताएका मन्त्रीले २५ देखि ३० चाहिने र ५ जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएको सुनिन्छ ।
