शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

राजावादीका संयोजक सुवेदी नजरबन्दमा, प्रवक्ता स्वागत नेपाल पनि पक्राउ 

राजावादीका संयोजक सुवेदी नजरबन्दमा, प्रवक्ता स्वागत नेपाल पनि पक्राउ 

यस्तै प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ गरेको

शुक्रबार, चैत १४ २०८१
शुक्रबार, चैत १४ २०८१
  • काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्दमा राखेको छ । 

    उनलाई आफ्नै निवासमा नियन्त्रणमा राखिएको प्रहरी निकट उच्च स्रोतले जनाएको । स्रोतका अनुसार अनुसार उनको स्वास्थ्य अवस्थाका कारण प्रहरी कार्यालयमा नल्याइएको हो ।

    सुवेदी काठमाडौं महानगरपालिका–७ स्थित कुमारीगाल बस्दै आएका छन् । अहिले प्रहरी उनको घर वरपर परिचालित छ । उनको स्वास्थ अवस्था हेरेर बाँकी निर्णय लिने स्रोतले जनाएको छ । 

    राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो । 

    यस्तै प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ गरेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार