मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

सुरक्षा/अपराध

राजावादीको आन्दोलनमा मारिए सविन महर्जन र पत्रकार सुरेश रजक 

राजावादीको आन्दोलनमा मारिए सविन महर्जन र पत्रकार सुरेश रजक 

आन्दोलनका क्रममा मारिएका महर्जन र पत्रकार रजकलाई संयुक्त जनआन्दोलन स्वाधीनसंघर्ष समितिले प्रथम सहिद घोषणा गरेको छ ।

शुक्रबार, चैत १४ २०८१
शुक्रबार, चैत १४ २०८१
  • काठमाडौं । आज तीन कुनेमा भएको राजावादी आन्दोलनको क्रममा दुई जना मारिएको राजसंस्था पुर्न स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले पुष्टि गरेको छ । 

    संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गर्दै आज तीन कुनेमा भएको आन्दोलनका क्रममा राजसंस्था पुनर्स्थापना जनआन्दोलनका क्रममा सविन महर्जन र पत्रकार सुरेश रजक मारिएको पुष्टि गरेका छन् । 

    साथै उनले महर्जन र रजकलाई संयुक्त जनआन्दोलन स्वाधीनसंघर्षका प्रथम शहीदद्वय घोषणा गरिएको जानकारी दिएका छन् । प्रवक्ता नेपालले महर्जनको प्रहरीको गोली लागेर र पत्रकार रजकको आन्दोलनको समाचार जनतालाई उपलब्ध गरउने क्रममा मृत्यु भएको जानकारी दिएका छन् ।

    “प्रदर्शनकारीका तर्फबाट मञ्चबाट कुनै अप्रिय गतिविधि नभएको अवस्थामा सरकार पक्षबाट एकतर्फी फायर खोलेर मञ्चमा नै गरिएको त्यस्तो आततायीपूर्ण सरकारी दमनको दृश्य खिच्न घरमाथि चढ्नु भएका राष्ट्रवादी पत्रकार सुरेश रजकको सरकारले नै परिचालन गरेका घुसपैठियाहरुका कारण र सरकारको गोली लागी ज्यान गुमाउनु भएका स्वाधीनतासेनानी सविन महर्जनप्रति हार्दिक श्रद्धाञ्जली तथा उहाँहरुका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं,” प्रवक्ता नेपालद्धारा जारी गरिस्एको विज्ञिप्तमा उल्लेख गरिएको छ । 

    उनले आन्दोलनका तर्फबाट योजनाविहीन रुपमा दुर्घटना स्वरुप हुन पुगेका अनपेक्षित घटना, गल्ती कमी कमजोरी र क्षतिका लागि क्षमा समेत मागेका छन् । 

    राजावादी प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा फोटोरभिडियो खिच्न पुगेका पत्रकार सुरेश रजकको आगोले जलेर मृत्यु भएको हो । उनी चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए । 

    प्रदर्शनमा उत्रिएका राजावादीहरुले तीन कुनेस्थित व्यक्तिका निजी घरमा आगजनी गर्नुको साथै तोडफोड र लुटपाट समेत गरेका थिए । उनीहरुले अन्नपूर्ण मिडिया, नेकपा (एकीकृत समाजवादी) को कार्यालय लगातमा तोडफोड समेत गरेका थिए । 

    486701585_10233818684680701_1864001332668507329_n.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार