काठमाडौं । नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन् ।
पहिलो महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार नेत्र चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । चुनावी प्रतिस्पर्धामा भट्टराईले ७६१ र चापागाईँले ७३ मत ल्याए ।
त्यस्तै उपाध्यक्षहरुमा अध्यक्ष भट्टराईकी छोरी मानुषी यमी भट्टराई, ईश्वरी रिजाल, टेकबहादुर बाठामगर र उमेश शाह विजयी भएका छन् । महासचिवमा सोमानसिंह स्याङ्ताङ विजयी भएका छन् । सचिवमा आशा कुमारी तामाङ र लक्षमण कार्की निर्वाचित हुँदा कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले बिहीबार नै पद तथा गोपनियताको शपथ लिएको छ ।


