शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

श्रमिक कम्युनिस्ट पार्टी बिघटनको घोषणा

श्रमिक कम्युनिस्ट पार्टी बिघटनको घोषणा

कम्युनिष्टहरुको एकता र मोर्चाबन्दी गर्ने निर्णय

सोमबार, माघ १४ २०८१
सोमबार, माघ १४ २०८१
  • काठमाडौं। मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत विभिन्न पार्टीबाट विद्रोह गरी गत वैशाखमा घोषणा गरिएको श्रमिक कम्युनिष्ट पार्टी विघटन भएको दाबी गरिएको छ ।

    आईतवार साँझ सो पार्टीका अन्तरास्ट्रिय विभाग प्रमुख लोकेश विश्वकर्मा लगायत दर्जनौं नेता कार्यकर्ताले एक प्रेस वक्तव्य जारी गर्दै सो पार्टी बिघटन गरेको घोषणा गरेका छन् ।

    २०८१ वैशाख १७ गते किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत विभिन्न पार्टीहरूबाट विद्रोह गरी नयाँ अभियानको घोषणा गरिएको, जेठको १७–१८ गते काठमाडौँमा विशेष भेला गरी श्रमिक कम्युनिस्ट पार्टी नेपाल राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरिएको र सो समितिले मङ्सिरमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरे पनि सम्मेलन नै हुन हुन नसक्ने अवस्था बनेपछि अन्ततः पार्टी नै विघटनको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ । 

    क्रान्तिकारी माओवादीका सचिवालय सदस्य पूर्णबहादुर सिंहको नेतृत्वमा घोषणा भएको सो पार्टीले सच्चा कम्युनिष्ट तथा श्रमजीवीको भावनाअनुसार काम गर्न नसकेको भन्दै पार्टी विघटन गरिएको दाबी राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमख लोकेश विश्वकर्मा लगायत २५ जनाद्वारा हस्ताक्षर गरिएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

    उनीहरुले जनताको त्याग, समर्पण र बलिदानबाट प्राप्त उपल्बधि वास्तविक कम्युनिष्ट बाहेक अरुले गर्न नसक्ने हुँदाहुँदै पनि विभिन्न आरोप लगाउँदै पार्टी बनाउने र पुरानै धन्दा चलाउने प्रवृत्ति हाबी भएको आरोप लगाएका छन् । विज्ञप्ति जारी गर्नेमा विदेश विभाग प्रमुख विश्वकर्मासहित राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यहरु रणबहादुर वि क, भिमसेन भट्ट, रोहित खत्री, वि एस पौडेल, ढुण्डिराज अधिकारी, विनोद भट्टराई, नवराज भुषाल, जितु तामाङ रहेका छन्।

    त्यसैगरी, सल्लाहकार समिति संयोजक शैलेश श्रेष्ठ, शिक्षा विभाग सदस्य श्रीराम बन्जरा, युवा संगठन प्रमुख डायमण्ड सिम्खडा, नेवा काठमाडौं संयोजक उदयविर शाक्य, लेखा परीक्षण विभाग प्रमुख लक्ष्मण भुषाललगायत रहेका छन्।

    अफसोच न अभियान भयो न त राष्ट्रिय सम्मेलन । त्यसपछि गत असोज १–२ मा बसेको विस्तारित बैठक (१७ जना केन्द्रीय सदस्य सहभागी) ले गत पौष २२ गते केन्द्रीय समितिको बैठक र माघ १६ देखि २० गते सम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरी सर्कुलर जारी भएको थियो । तर कुनै पनि सूचना बिनै बैठक नबस्नु र सम्मेलन नै अनिश्चित हुनेगरी संयोजनको भूमिकामा रहेका कमरेड नै सम्पर्क बाहिर रहनु विडम्बनापूर्ण रह्यो’, विज्ञप्तिमा भनिएको छ, ‘श्रमजीवी वर्गको मुक्ति र वैज्ञानिक समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्य बोकेको श्रमिक कम्युनिस्ट पार्टीको बिचार एवं व्यवहारमा देखिएका यी तमाम असफलताले हामी लक्ष्यको विपरीत र उद्देश्यको उल्टो गतिमा भएको निर्ममतापूर्वक स्वीकार गर्दछौ ।’

    ‘श्रम गर्न नचाहने अनि चौतर्फी बाटा बन्द भएपछि कम्युनिष्ट पार्टीको आर्थिक रसिद बोकेर जीवन चलाउनु कुनै आमुक व्यक्ति वा संगठनको मामिला मात्र होइन, यो विचारको तहमा देखिएको गम्भीर विचलन हो,’ सो समुहले विज्ञप्ति मार्फत भनेको छन्।

    कम्युनिष्ट भन्न चाहने बन्न नचाहने, क्रान्तिकारी देखिनुपर्ने तर हुनु नपर्ने जस्ता प्रवृत्तिको अन्त्य गर्न नसके जनविश्वास प्राप्त नहुने उनीहरुको जिकिर छ।श्रमजिवी वर्गको मुक्ति र वैज्ञानिक समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्य बोकेको पार्टीको नेतृत्वले बैठक राख्न नसकेको आरोप लगाउँदै सो समुहले विचार एवं व्यवहारमा देखिएका तममाम असफलताका कारण पार्टी विघटनको निस्कर्षमा पुग्नुपरेको दाबी गरिएको छ।

    ‘माओले पार्टी विघटनको प्रमुख कारण गलत विचारधारा र कार्यदिशालाई ठाने जस्तै लामो समयसम्म कार्यदिशा बिहीनताको अवस्थामा रहनु पनि बीभत्स विघटन हुनु सरह नै हो,’ सो विज्ञप्तिमार्फत भनिएको छ, ‘सही विचारधाराले मात्रै आन्दोलनको स्थायित्व र विकास सम्भव छ। जहाँ जो भेट्यो त्यहि ठिक र सही भन्दै लहसिने तरिका मालेमावादको ठिक विपरितनै हो।‘

    विज्ञप्तिमा पार्टीमा जबरजस्त हुर्काउन खोजिएको गलत प्रवृत्तिको अन्त्य र क्रान्तिकारी यात्राको सुनिश्चित गर्न पार्टी विघटन जस्तो निर्मम निर्णय लिन बाध्य भएको उल्लेख गर्दै भनिएको छ, ‘त्यसैकारण श्रमिक कम्युनिस्ट पार्टी विघटन गरी समग्र पार्टी पङ्क्ति वैचारिक एकता अभियानमा होमिएको घोषणा गर्दछौँ । साथै पार्टी नै विघटन गर्नुपर्ने अवस्थामा प्रति दुख व्यक्त गर्दै श्रमिक कम्युनिस्ट पार्टीको नामका सम्पूर्ण गतिविधिहरू पूर्णतः बन्द गरेको जानकारी गराउँदछौँ ।’

    साथै सो पार्टीका सम्पूर्ण गतिविधिहरु आफूहरुले बन्द गरेको उनीहरूले जानकारी गराउँदै आगामी दिनमा कम्युनिष्टहरुको एकता र मोर्चाबन्दीमा जाने निर्णय समेत उनीहरुले गरेका छन्।

    प्रेस वक्तव्य 

    475205396_9624143487620027_4491560153498856921_n.jpg
    475194057_9624143704286672_4891592579931576345_n.jpg
    475108583_9624143977619978_8421029886982405847_n.jpg
    475458017_9624144164286626_6167320929506917913_n.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार