काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव पदमा कालिकोटका मान बहादुर तिरुवाले दलित कलस्टरबाट उम्मेदवारी दिएका छन् ।
अखिल (क्रान्तिकारी) का निवर्तमान केन्द्रीय सदस्यसमेत रहेका तिरुवा कालिकोट जिल्लाबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका हुन् । तिरुवा अखिल (क्रान्तिकारी) को राजनीतिमा लामो समयदेखि सक्रिय छन् । उनी संगठनमा सक्रिय भए देखि विभिन्न आन्दोलन र संघर्षको क्रममा धेरै पटक जेल र हिरासत को अनुभव पनि लिएका छ्न ।
संगठनको ललितपुर जिल्ला सदस्य, सह–सचिव, उपाध्यक्ष संयोजक हुँदै, केन्द्रीय सदस्य चुनिएका तिरुवाले २३ औं राष्ट्रिय सम्मेलनमा समावेशी दलित कलस्टरबाट केन्द्रीय सचिव पदको लागि प्रतिस्पर्धामा उत्रिएका हुन् ।
नेपालको इतिहासमा उथलपुथलकारी १० वर्षको जनयुद्धकालिन समय उन का जेठा दाजु ललित बि.क (अनुपम) ले पाल्पा तानसेन मा सहादत गरेका थिए । उनी सहिद अनुपम को भाइ हुन । तिरुवाले आफूलाई अत्यधिक बहुमत मतले सचिव पदमा विजयी गराउन सम्पूर्ण मतदाताहरुलाई आग्रह गरेका छन् ।
अखिल (क्रान्तिकारी) को स्थगित २३ औँ राष्ट्रिय सम्मेलन माघ १२ गते प्रत्येक प्रदेशमा एकैसाथ हुँदैछ । प्रारम्भिक जानकारी अनुसार केन्द्रीय समितिमा ५ सय भन्दा बढी आकांक्षीले उम्मेदवारी दिएका छन् ।
