शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

अखिल क्रान्तिकारी

निर्वाचन आयोग छात्रा उपाध्यक्षमा सपना पुन मगरको उम्मेदवारी

निर्वाचन आयोग छात्रा उपाध्यक्षमा सपना पुन मगरको उम्मेदवारी

सैद्धान्तिक, व्यवहारिक ज्ञान, सीप र दक्षता भएको जनशक्ति उत्पादनमा केन्द्रीय शिक्षा प्रणाली लागू गर्न राज्यलाई दबाब दिन सक्ने अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयन गर्नुपर्ने नेता पुनको भनाई

बुधबार, माघ ९ २०८१
बुधबार, माघ ९ २०८१
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) निर्वाचन आयोग छात्रातर्फको उपाध्यक्ष पदका लागि सपना पुन मगरले उम्मेदवारी दर्ता गराएकी छिन् । 

    निर्वाचनका लागि आयोगको उपााध्यक्ष (छात्रा) पदमा पुनले उम्मेदवारी दिएकी हुन् । लामो समय देखि विद्यार्थी राजनितिमा रहँदै आएकी पुन अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पस को इकाई अध्यक्ष हुँदै संगठनको सचिवालय सदस्यमा रहेर काम गर्दै आएकी छिन् ।  

    स्वच्छ, निष्पक्ष, पारदर्शी, जवाफदेहि, अधिकारमुखी र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराएको लागि आफूले निर्वाचन आयोगको उपााध्यक्ष पदमा उम्मेवारी दिएको उनले बताइन् । 

    यो निर्वाचनले हरेक क्षेत्रको रुपान्तरण गर्न सक्ने सैद्धान्तिक, व्यवहारिक ज्ञान, सीप र दक्षता भएको जनशक्ति उत्पादनमा केन्द्रीय शिक्षा प्रणाली लागू गर्न राज्यलाई दबाब दिन सक्ने अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयन गर्नुपर्ने नेता पुनको भनाई रहेको छ । 

    आफ्नो ज्ञान, अनुभव, र विद्यार्थीहरूप्रति रहेको समर्पणको भावनाका कुशलताका साथ निभाउनको लागि छात्रातर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको भन्दै पुनले आफूलाई अमूल्य मत दिएर निर्वाचित गराउन सम्पूर्ण मतदाताहरु समक्ष आग्रह गरेकी छिन् । 

    अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि माघ १२ मा हुने निर्वाचनमा अध्यक्ष पदका लागि हेमन्त राई, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा, सुदीन पौडेल, उपदेश यादव, गजेन्द्र यादव र विश्राम शर्मा गरी ६ जनाले उम्मेवारी दिएका छन् । 

    नयाँ नेतृत्व चयनका लागि माघ १२ मा सबै प्रदेशमा मतदान हुनेछ । नयाँ नेतृत्व चयनका लागि करिब २ हजार प्रतिनिधिले मतदान गर्ने जनाइएको छ ।

    सच्याइएको* : यस अघि यस समाचारको शिर्षकमा निर्वाचन आयोगको उपाध्यक्ष हुनुपर्नेमा अखिल (क्रान्तिकारी) को उपाध्यक्ष शब्द पर्न गएकाले यसप्रति क्षमा चाहन्छौं  -सम्पादक  

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार