शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

भीम रावलको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’

भीम रावलको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’

तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने

बिहीबार , माघ ३ २०८१
बिहीबार , माघ ३ २०८१
  • काठमाडौं । नेकपा (एमाले) बाट साधारण सदस्य समेत नहरने गरी निष्कासित भएका नेता डा. भीम रावलले नयाँ पार्टीको नाम प्रस्ताव गरेका छन् । 

    एमालेले निष्कासन गरेपछि नयाँ पार्टीको गठन प्रकियामा लागेका नेता रावलले आज सामाजिक सञ्जालमार्फत पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ प्रस्ताव गरेको जानकारी दिएका छन् ।

    सामाजिक सञ्जालमा जारी गरिएको संक्षिप्त जानकारी पत्रमा मातृभूमि जागरण अभियान किन भन्ने बारे र संगठन निर्माणको प्रक्रिया संरचनाबारे उल्लेख गरिएको छ । 

    नेपालको सार्वभौमसत्ता, स्वाधिनता, अखण्डता, स्वाभिमान र हित तथा नेपाली जनताको हक, हित, विकास र समृद्धिको पक्षमा व्यापक जनमत सिर्जना गर्न, राष्ट्रिय हितलाई सर्वाेपरि राखेर नेपालको स्वतन्त्र परराष्ट्र नीतिको महत्व जनसमुदायमा बोध गराउन, नेपालको समग्र राष्ट्रिय सुरक्षालाई बलियो बनाउन जनताको साथ र समर्थन सिर्जना गर्न लगायतका कारण मातृभूमि जागरण अभियान गठन गरिने जानकारी दिएका छन् । 

    त्यस्तै नेता रावलले सार्वजनिक गरेको अवधारणापत्र अनुसार अभियानको संगठन निर्माणको प्रक्रिया र स्वरुप अन्तगर्त मातृभूमि जागरण अभियान, नेपाल सञ्चालन गर्ने शिलशिलामा वडा, पालिका, जिल्ला, प्रदेश देखि केन्द्रसम्म संगठन निर्माण हुनेछ । जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी दिइएको छ । 

    473646026_576397615155756_9033833898083976325_n.jpg
    473669614_576397581822426_4316753265286286681_n.jpg
    473758428_576397605155757_810115561704931336_n.jpg
    473681549_576397565155761_5352098808147356986_n.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार