शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

अध्यादेश

राष्ट्रपति पौडेलद्धारा भूमिसम्बन्धी अध्यादेश जारी 

राष्ट्रपति पौडेलद्धारा भूमिसम्बन्धी अध्यादेश जारी 

मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको

बुधबार, माघ २ २०८१
बुधबार, माघ २ २०८१
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । 

    मन्त्रीपरिषद्को बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई राष्ट्रपति पौडेलले बुधवार जारी गरेका हुन् । 

    यस अघि गत सोमबार राष्ट्रपति पौडेलले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संसोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका थिए । 

    नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    Scan_20250115-scaled.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार