काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनिको निधन भएको छ ।
शुक्रबार राती चाबहिलको हेल्पिङह्या्ण्ड अस्पतालमा उपचारको क्रममा निधन भएको हो । हृदय घातको लक्षण भनिए पनि मृत्यु कारण खुलीनसकेको जनाइएको छ ।
प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्ष समेत रहेका पुडासैनि नेपाल भ्युज अनलाइनमा कार्यरत थिए । यस अघि उनले माउन्टेन टेलिभिन, प्राइम टेलिभिन, रेडियो अन्नपूर्ण लगायत मिडियामा काम गरिसकेका थिए ।
