आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

विमान दुर्घटना

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा ८५ जनाको मृत्यु

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा ८५ जनाको मृत्यु

मृतक ८७ जनामधे ४६ जना महिला र ३९ जना पुरुष रहेका छन् ।

आइतबार, पुस १४ २०८१
आइतबार, पुस १४ २०८१
  • एजेन्सी । दक्षिण कोरियाको मुआन सहरको एउटा विमानस्थलमा धावनमार्गबाट ​​चिप्लिएर दुर्घटनाग्रस्त विमानमा आगो लाग्दा कम्तीमा ८५ जनाको मृत्यु भएको देशको राष्ट्रिय दमकल एजेन्सीले जनाएको छ ।

    स्थानीय समय अनुसार आइतबार बिहान ९.०३ बजे (००:०३ GMT) जेजु एयरको उडान, थाइल्याण्डको राजधानी बैंककबाट १७५ यात्रु र छ जना चालक दलका सदस्यहरू लिएर देशको दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गर्दा दुर्घटना भएको हो।

    नेशनल फायर एजेन्सीका अनुसार मृतक ८७ जनामधे ४६ जना महिला र ३९ जना पुरुष रहेका छन् ।

    फायर एजेन्सीका अधिकारीहरूलाई उद्धृत गर्दै, दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले बाँचेकाहरूका लागि आशाहरू घट्दै गएको जनाएको छ ।

    विमानमा लागेको आगो निभाइएको छ, भने उद्दार कार्य जारी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार