काठमाडौं । सर्वाेच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ ।
७१ वर्षीय वस्तीको शुक्रबार निधन भएको हो । हृदयघात भएपछि शुक्रबार वस्तीलाई उपचारको लागि थापाथलिस्थित नर्भिक अस्पताल लगिएको थियो । उनको शुक्रबार राती नै निधन भएको पारिवारिक स्रोतलाई उदृत गर्दै सर्वाेच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिए ।
लामो समय सरकारी वकिल भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेका वस्ती २२ भदौ २०६५ मा सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । पदावधि नथपिएपनि २९ चैत्र २०७० मै अस्थायी न्यायाधीशका रुपमै सर्वाेच्च अदालतको न्यायाधीशबाट अवकाश भएका थिए ।
सर्वाेच्च अदालतबाट अवकाश भएपछि उनी ६ वर्ष राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर काम गरे । पछिल्लो समयमा उनी न्याय र कानूनको क्षेत्रमा अध्ययन अनुसन्धान एवम् पुस्तक लेखनमा सक्रिय थिए ।
