शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सहकारी ठगी प्रकरण

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जंगम र दाहाललाई ५ दिन हिरासतमा राख्न अनुमति 

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जंगम र दाहाललाई ५ दिन हिरासतमा राख्न अनुमति 

यो सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल समेत पहिले उपाध्यक्ष थिइन् ।

आइतबार, पुस ७ २०८१
आइतबार, पुस ७ २०८१
  • काठमाडौं । साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका सहकारीका अध्यक्ष भरतमणि जंगम र कोषाध्यक्ष लुमन दाहाललाई जिल्ला अदालतमा काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

    जिल्ला अदालत काठमाडौंले आइतबार दुवै जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । सहकारीका बचकर्ताहरुले जाहेरी दिएपछि जिल्ला अदालत काठमाडोंबाट पक्राउ पुर्जी जारी भएको थियो । 

    प्रहरीले आइतबार तत्कालीन अध्यक्ष जंगमलाई काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको थियो । जंगम पक्राउ परेपछि कोषाध्यक्ष दाहाल पनि पक्राउ परेका थिए । उनीहरुविरुद्ध सहकारी ठगीमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

    यो सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल समेत पहिले उपाध्यक्ष थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार