काठमाडौं । सरकारले गत मंसिर २७ र २८ गते बसेका मन्त्रीपरिषद् बैठकका १४ निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चार एवम् सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
बैठकले महान्यायाधीवक्ता कार्यालयको रणनीतिक योजना कार्यक्रमको लागि आ.व. २०८१/८२ मा सूचना प्रविधि अधिकृत एक अस्थायी दरबन्दी स्वीकृत गर्ने, नेपाल न्याय समूहका सात जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरुलाई सरुवा गर्ने निर्णय गरेको छ ।
त्यस्तै, एसियाली विकास बैंकबाट हरित, उत्थानसिल र समावेशी विकास, कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने लगायतका निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरुः
