काठमाडौं । सार्वजनिक सेवा प्रशारण संस्थाको सञ्चालक समितिको अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त भएका छन् ।
मन्त्रीपरिषद्को बैठकले अध्यक्षका लागि स्वीकृत भएका १० जना उम्मेदवारमध्ये विष्टलाई नियुक्त गरेको हो । डा. विष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत हुन् ।
उनले नेपाल टेलिभिजनको अध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको जिम्मेवारीमा समेत रहेर काम गरिसकेका छन् ।
