आइतबार, भदौ १४ गते २०८३    

आइतबार, भदौ १४ गते २०८३    

अखिल क्रान्तिकारी

अखिल क्रान्तिकारीको अध्यक्षमा शाह र महासचिवमा आजाद निर्वाचित

अखिल क्रान्तिकारीको अध्यक्षमा शाह र महासचिवमा आजाद निर्वाचित

उपाध्यक्षमा रुपा बुढामगर र डिबि बुढाथोकी

आइतबार, मंसिर ३० २०८१
आइतबार, मंसिर ३० २०८१
  • काठमाडौं । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अध्यक्षमा विरेन्द्र शाह र महासचिवमा उषाकिरण आजाद निर्वाचित भएका छन् । 

    आइतबार पोखरामा सम्मपन्न भएको अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सन्त्रले शाहलाई अध्यक्षमा र आजादलाई महासचिवमा निर्वाचित गरेको हो । 

    अखिल (क्रान्तिकारी) को उपाध्यक्षमा रुपा बुढामगर र डिबि बुढाथोकी निर्वाचित भएका छन् । सचिवमा डिबि शाही, रमेश सुनार, गोबिन्द विष्ट, प्रेम प्रसान्त बोहोरा, हरि बिष्ट निर्वाचित भएका छन् भने कोषाध्यक्षमा कमला परियार निर्वाचित भएकी छन् । 

    २३ औं राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक मिलन राईको अध्यक्षतामा सम्पन्न सम्मेलनले नवनिर्वाचित अध्यक्ष शाहको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।

    अखिल क्रान्तिकारीको २३ औँ सम्मेलनलाई शुक्रबार पोखरामा नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले उद्घाटन गरेका थिए । 

    सम्मेलनमा प्रमुख अथिती महासचिव बास्तोलासहित नेताहरुमा संगठनका पूर्व अध्यक्ष एवम् फ्याक्सन इन्चार्ज सरद रसाइली, पूर्व महासचिव दिपेन्द्र चलाउने, नेकपा (बहुमत) का गण्डक इन्चार्ज अनन्त, कास्की इन्चार्ज सुजन आयाम लगायतका अथितिहरुको उपस्थिति रहेको थियो ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार