मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

राजनीति

लुम्बिनी प्रदेश सरकारबाट फिर्ता हुने जसपाको निर्णय, मन्त्री भण्डारीलाल अहिरले दिए राजीनामा 

लुम्बिनी प्रदेश सरकारबाट फिर्ता हुने जसपाको निर्णय, मन्त्री भण्डारीलाल अहिरले दिए राजीनामा 

जसपालाई मुख्यमन्त्रीले २ वटा मन्त्रालय दिने लिखित सहमति गरे पनि अहिले उल्लंघन गरेकाले तत्काल सरकारबाट फिर्ता हुने निर्णय गरिएको जसपा प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिए ।

बागीपाेस्ट संवाददाता
आइतबार, वैशाख ९ २०८१

दाङ । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशले प्रदेश सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । 

जसपालाई मुख्यमन्त्रीले २ वटा मन्त्रालय दिने लिखित सहमति गरे पनि अहिले उल्लंघन गरेकाले तत्काल सरकारबाट फिर्ता हुने निर्णय गरिएको जसपा प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिए । यो सँगै लुम्बिनी मन्त्रीपरिषद्बाट जसपाका भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । 

अहिरले शनिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्र पठाउँदै पदबाट राजीनामा दिएका हुन् । जसपाका प्रदेश अध्यक्ष यादवले सरकारबाट फिर्ता भए पनि समर्थन भने कायम रहने बताए । 

चैत्र २५ मा विनाविभागीय मन्त्रीको शपथ लिएका अहिरले बैशाख ६ मा कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका थिए । उनले पार्टीको निर्णय अनुसार आफुले राजीनामा दिएको बताए । 

lumbini-bhandarilal.jpg

 

 

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार