आइतबार, असोज १८ गते २०८३    

आइतबार, असोज १८ गते २०८३    

राजनीति

बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतृत्वमा केमी निर्वाचित 

बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतृत्वमा केमी निर्वाचित 

केमी बेलायतको प्रमुख राजनीतिक दलको नेता बन्ने पहिलो अश्वेत महिला नेतृ बनेकी छन् । 

शनिबार, कात्तिक १७ २०८१
शनिबार, कात्तिक १७ २०८१
  • एजेन्सी । बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतृत्वमा युवा नेतृ केमी बदेनोच निर्वाचित भएकी छन् । 

    गत जुलाईमा भएको आम निर्वाचनपछि पार्टीले खराब नतिजा ल्याएपछि राजीनामा दिएका ऋषि सुनकको स्थानमा शनिवार भएको निर्वाचनमा युवा नेतृ केमी निर्वाचित भएकी हुन् । 

    पार्टीको नयाँ नेतृत्वको लागि पूर्व अध्यागमन मन्त्री रोबर्ट जेनरिकसँग प्रतिस्पर्धामा उत्रिएकी बदेनोचले ५७ प्रतिशत मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । केमीले ५३ हजार ८०६ मत प्राप्त गरेकी थिइन् भने उनका प्रतिस्पर्धी जेनरिकले ४१ हजार ३८८ मत मात्र प्राप्त गरे । 

    यो जितसँगै केमीले बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकलाई प्रतिस्थापन गरेकी छन् । पार्टीको नेतृत्वमा निर्वाचित भएपछि केमीले नेता बन्नु एउटा ठूलो सम्मान भएको तर आफूहरुका अगाडी उभिएको काम कठिन भएको प्रतिक्रिया दिइन् । 

    केमी बेलायतको प्रमुख राजनीतिक दलको नेता बन्ने पहिलो अश्वेत महिला नेतृ बनेकी छन् । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार