काठमाडौं । तिहारको दोस्रो दिन आज (बिहिवार) लक्ष्मी पूजा गरिएको छ ।
लक्ष्मी पूजा गरेपछि काठमाडौं उपत्यका झिलिमिली बनेको छ । तिहारमा घर तथा कार्यालयमा सरसफाइन गरेर बत्तीले सजिएका छन् । उज्यालोका कारण घर बाहिरको वातावरण उल्लासमय बनेको छ ।
लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । नेपालमा आज यो पर्वलाई लक्ष्मी देवीको पूजा गरी घरघरमा दियो बालेर मनाइएको छ ।
नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्त्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ।


