आइतबार, भदौ १४ गते २०८३    

आइतबार, भदौ १४ गते २०८३    

निर्मला कुर्मी हत्या प्रकरण

निर्मला कुर्मी हत्या प्रकरण : सरकारसँग ३ बुँदे सहमति, आन्दोलन स्थगित 

निर्मला कुर्मी हत्या प्रकरण : सरकारसँग ३ बुँदे सहमति, आन्दोलन स्थगित 

शीघ्र निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय बाँकेलाई लेखी पठाउने

मंगलबार, कात्तिक १३ २०८१
मंगलबार, कात्तिक १३ २०८१
  • काठमाडौं । निर्मला कुर्मीको हत्यामा संलग्न लगायतलाई कारबाहीको माग गर्दै आन्दोलनरत रुबी खान नेतृत्वको आन्दोलनरत पक्ष र गृह मन्त्रालयबीच तीन बुँदे सहमति भएको छ । 

    गृह मन्त्रालयसँगको सहमतिसँगै निर्मलाको न्यायको लागि डेढ महिनादेखि आन्दोलनरत खान नेतृत्वको आन्दोलनरत पक्षले जारी आन्दोलन स्थगित गर्ने सहमति भएको छ । 

    सहमतिको पहिलो बुँदा अनुसार निर्मला कुर्मीको अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान सम्बन्धी जाहेरीसँग सम्बन्धीत अनुसन्धान सम्बन्धमा गृह मन्त्रालय र आन्दोलनरत पक्षबीच मिति २०८१ असाढ १० गते भएको सहमतिको बुदा नं. १ बमोजिम शीघ्र निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय बाँकेलाई लेखी पठाउने । विगतमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुलाई थप अनुसन्धानको लागि आवश्यकता अनुसार प्रहरी प्रधान कार्यालयले तत्काल काजमा खटाउने सहमति भएको छ । 

    दोस्रो बुँदामा आन्दोलनरत पक्ष र उनीहरुको परिवारको सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय बाँकेलाई लेखी पठाउने र तेस्रो बुँदामा उल्लिखित प्रकरणका सम्बन्धमा विभिन्न माग राखी आन्दोलनरत पक्षले आजैबाट आन्दोलन अन्त्य गर्ने सहमति भएको छ । 

    सहमति पत्रमा नेपाल सरकारको तर्फबाट उप–सचिव दिलकुमार तामाङ र आन्दोलनरत पक्षको तर्फबाट आन्दोलनका नेतृत्वकर्ता रुबी खानले हस्ताक्षर गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारी, विजयबाबु शिवाकोटी, मोहम्द शेर वागवान, वसन्त रञ्जीतकार र मनकुमारी गुरतालको रोहवरमा हस्ताक्षर भएको छ । 

    Rubi-khan-sahamati.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार